Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुवेत सरकारले दिएको तीन महिनाको म्याद सकिएपछि गैरकानुनी बसोबास गर्नेमाथि व्यापक धडपकड

कुवेत सरकारले दिएको तीन महिनाको म्याद सकिएपछि गैरकानुनी बसोबास गर्नेमाथि व्यापक धडपकड

शुक्रवार, आषाढ २१ २०८१
  • काठमाडौं । कुवेतले दिएको तीन महिनाको आममाफीको म्याद यसै साता सकिएपछि गैरकानुनी रूपमा बसोबास गर्नेहरूमाथि सरकारले धडपकड सुरु गरेको छ । कुवेतका ६ गभर्नोरेटमा सोमबार बिहानैदेखि चलाइएको धडपकड अभियानमा रेसिडेन्सी नियमको उल्लंघन गरेको भन्दै करिब ४ सय ५० जनालाई पक्राउ गरिएको छ ।

    चार दिनभित्र डिपोर्ट, ५ वर्षसम्म जीसीसी प्रवेशमा रोक,

    images

    आममाफी समाप्त भएपछि गैरकानुनी बासिन्दाहरूलाई लक्षित गर्दै थप ठूला–ठूला सुरक्षा अभियानहरू हुने जनाइएको छ । पक्राउ परेका गैरकानुनीहरूलाई बसोबास केन्द्रमा राखिएको, उनीहरूलाई आश्रय दिने र काम गर्ने व्यक्तिहरू’bout सोधपुछ भइरहेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

    रेसिडेन्सी उल्लंघन गर्नेहरूमध्ये राहदानी नभएकाहरूलाई यात्रा कागजातहरू जारी गरेपछि सम्बन्धित मुलुकका दूतावासहरूसँग समन्वय गरी चार दिनभित्र कुवेतबाट डिपोर्ट गरिनेछ । उनीहरूलाई आजीवन कुवेतमा पुनः प्रवेश गर्न र अन्य जीसीसी मुलुकहरूमा ५ वर्षसम्म प्रवेश गर्न प्रतिबन्ध लगाइने जनाइएको छ । यसका लागि मन्त्रालयले देशव्यापी निरीक्षण अभियानलाई अगाडि बढाउने बताएको छ ।

    मन्त्रालयले आफ्ना सबै सार्वजनिक सदस्यहरूलाई उल्लंघन गर्नेहरूलाई शरण नदिन, उनीहरूलाई दण्डित हुन नदिन र आपत्कालीन फोन नम्बर ११२ मार्फत अधिकारीहरूलाई रिपोर्ट गरी सहयोग गर्न पनि आग्रह गरेको छ ।

    कुवेतमा गैरकानुनी आप्रवासीहरूलाई आफ्नो बसोबास समायोजन गर्न वा स्वेच्छाले देश छाड्न अनुमति दिने म्याद ३० जुनमा समाप्त भएको थियो । कति विदेशीले अनुग्रह अवधिको उपयोग गरे भन्ने आधिकारिक तथ्यांक भने उपलब्ध छैन । १७ मार्चमा लागू भएको आममाफीले राहदानी भएका अनियमित आप्रवासीलाई पुनः प्रवेशको सम्भावनासहित जरिमाना नतिरीकन कुवेत छोड्न अनुमति दिएको थियो ।

    गैरकानुनी निवासी जससँग कुनै यात्रा कागजात छैन, उनीहरूले नयाँ जारी गर्न र प्रस्थानका लागि प्रयोग गर्न सक्नेछन् । कुवेतको कुल जनसंख्या ४ दशमलव ८ मिलियन छ, जसमा लगभग ३ दशमलव ३ मिलियन विदेशीहरू छन् । मुलुकले आफ्नो जनसंख्या असन्तुलनलाई हटाउन र ‘कुवेतीकरण’ भनिने रोजगार नीतिको एक भागका रूपमा विदेशी कामदारहरूलाई आफ्ना नागरिकबाट प्रतिस्थापन गर्न प्रयास गरिरहेको जनाएको छ ।

    कुवेतले गत वर्ष आफ्नो आवास र श्रम कानुनको उल्लंघनका साथै अपराधमा संलग्न भएको आरोपमा ४२ हजार प्रवासीहरूलाई देश निकाला गरेको थियो । कुवेतले गैरकानुनी रूपमा बसेका कामदारमाथि धडपकड तीव्र पारेसँगै त्यहाँ लुकिछिपी बसेका धेरै नेपाली कामदार पनि पक्राउ परेका छन् । अहिले कुवेतको केन्द्रीय कारागारमा ५७ जना नेपालीले जेल जीवन बिताइरहेका छन् ।

    अधिकांश लागूऔषध ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका छन् । बाँकी चोरी डकैती, झैझगडा र कानुन उल्लंघन गरेका कारण जेल परेका छन् । जेल सजाय सकिएपछि पुनः कुवेत फर्कन नपाउनेगरी उनीहरूलाई कुवेत सरकारले डिपोर्ट गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार