काठमाडौँ । भिमसेनथापा गाउँपालिका–१,मसेलका समाजसेवी बिनोद पाण्डेले करिब ७ रोपनी जग्गामा व्यावसायिक रूपमा कालो बेसार खेती सुरु गरी स्थानीय किसानका लागि प्रेरणादायी उदाहरण बनेका छन्।
३७ वर्षीय पाण्डेले राजनीतिका अलवा परम्परागत खेतीभन्दा फरक सोचका साथ कालो बेसारको व्यावसायिक उत्पादन थालेका हुन्। उनको यो प्रयासले किसान, युवा उद्यमी तथा कृषि क्षेत्रमा नयाँ सम्भावना खोजिरहेका व्यक्तिहरूलाई सिकाइ र प्रेरणा दिएको छ।
पाण्डेले अनुसार कालो बेसार मुख्य रूपमा औषधि उत्पादनमा प्रयोग हुने भएकाले यसको बजार माग राम्रो छ। उत्पादन हुने कालो बेसार प्रति किलो रु. ८०० देखि १००० सम्म का दरले बिक्री गर्ने सकिने उनले बताएका छन्।
विशेष औषधीय गुणका कारण पछिल्ला वर्षहरूमा कालो बेसार खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ। कृषि क्षेत्रका जानकारहरूका अनुसार उचित बजार, प्राविधिक सहयोग र प्रोत्साहन उपलब्ध भएमा यस्ता उच्च मूल्यका बालीले किसानको आम्दानी वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँछ।
पाण्डे नेपाली कम्युनिष्ट पार्टी भिमसेनथापा गाउँ पाटीका अध्यक्ष समेत हुन्।



