Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी प्रकरण

युरोप पठाउने बहानामा आठ करोड ठगी

युरोप पठाउने बहानामा आठ करोड ठगी

शुक्रवार, आषाढ २१ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देश पठाउने भन्दै आठ करोड भन्दा बढी ठगी भएको तथ्य खुलेको छ ।

    सुनसरीको इटहरीमा रहेको इष्ट टु वेष्ट ह्युमन रिसोर्स हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टर ९ईटूडब्ल्यू० नामको कन्सल्ट्यान्सीले झण्डै तीन सय युवाबाट आठ करोड भन्दा बढी ठगी हो।

    images

    उक्त कन्सल्ट्यान्सीले माल्टा, पोल्याण्ड, सर्बिया, क्रोयसिया, हंगेरी, ग्रीसलगायतका आधा दर्जन बढी युरोपेली मुलुक देशमा पठाइदिने भन्दै  रकम ठगी गरेको उजुरी प्रहरीमा परेको छ । कन्सल्ट्यान्सीले एक व्यक्तिबाट ४० हजारदेखि ४ लाख रुपैयाँसम्म असुली गरेको प्रहरीले बताएको छ ।

    कतारमा केन्द्रीय कार्यालय रहेको कन्सल्ट्यान्सीले  प्रचारप्रसार गरेर काठमाडौं, बुटवल, इटहरी र चितवनमा गरी चार वटा शाखा सञ्चालन गरेकोे छ । युरोपेली मुलुकमा पठाउने प्रलोभन देखाएर ठगी गरेको भन्दै पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा गत असार ८ गते उजुरी दिएका थिए ।

    कन्सल्ट्यान्सीको इटहरी शाखाका प्रमुख विक्रम बराइली भनिने बलबहादुर विश्वकर्मा दुबईमा रहेको पीडितहरूको दाबी छ । कन्सल्ट्यान्सीले एनआईसी एशिया, लक्ष्मी सनराइज, मुक्तिनाथ विकास बैंकलगायत विभिन्न ८ वटा बैंक खातामा पैसा जम्मा गर्न लगाएर ठगी गरेकोे पीडितहरूले बताएका छन् ।

    पीडितहरूको उजुरीपछि इटहरीमा रहेको शाखा कार्यालय श्रम तथा रोजगार कार्यालय विराटनगरले सिल गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार