Nov 04 2026 | २०८३ कार्तिक १९ गते

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । कपिलवस्तुमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनाले उपचारकै क्रममा ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परेर यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइ गम्भीर घाइते भएका थिए।उनीहरूलाई तत्काल कपिलवस्तु अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको  हो।

    images

    दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार