काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिएका छन्।शुक्रबार राष्ट्रपति शाहाबुद्दिनले राजीनामा दिएका हुन्।
स्थानीय सञ्चारमाध्यमहरूले उनको राजीनामाको पुष्टि गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार प्रकाशित गरेको छ।शाहाबुद्दिन अप्रिल सन् २०२३ देखि बंगलादेशको राष्ट्रपतिका रूपमा कार्यरत थिए।उनले देशको निकै संवेदनशील अवस्थामा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।
सन् २०२४ को अगस्टमा सरकारी जागिरमा आरक्षणको विरोधमा विद्यार्थी आन्दोलन अनियन्त्रित भएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत भागेकी थिइन्।त्यसपछि देशमा उत्पन्न भू–राजनीतिक अस्थिरताका बिच अन्तरिम सरकार गठन नहुँदासम्मको संक्रमणकालीन अवधिमा शाहाबुद्दिनले राष्ट्रपतिको भूमिका निर्वाह गरेका थिए।
बंगलादेशको संविधानअनुसार राष्ट्रपति राष्ट्र प्रमुख भए पनि यो पद मुख्यतः औपचारिक मात्र मानिन्छ।कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्रिपरिषदमा निहित हुन्छ । शाहाबुद्दिन शेख हसिनाका पुराना सहयोगी मानिन्छन्।
स्रोतहरूका अनुसार हसिनाले स्वदेश फर्कने घोषणा गरेपछि सरकारमाथि उनका उच्च पदमा रहेका अन्तिम सहयोगीलाई पनि हटाउन सार्वजनिक दबाब बढेको थियो।यही कारण सरकारकै आग्रहमा शाहाबुद्दिनले पद छाड्न सहमति जनाएको भन्दै यसअघि समाचार आएका थिए।



