Nov 04 2026 | २०८३ कार्तिक १९ गते

रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई कुनै औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ।

    शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकराज लोकबहादुर पौडेल क्षेत्रीले लामिछानेको चीन भ्रमणबारे मन्त्रालयमा औपचारिक जानकारी नआएको बताएका हुन्।

    images

    "हालसम्म उहाँको चीन भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई कुनै पनि प्रकारको औपचारिक जानकारी आएको छैन," उनले भने।

    प्रवक्ता क्षेत्रीले यो भ्रमण पार्टी–पार्टीबीचको प्रकृतिको हुन सक्ने उल्लेख गर्दै त्यसको समन्वय सम्बन्धित राजनीतिक दलले नै गरिरहेको हुन सक्ने बताए। "यदि सम्बन्धित पार्टीले भ्रमणका लागि परराष्ट्र मन्त्रालयसँग समन्वयको आग्रह गर्छ भने मन्त्रालयले आवश्यक समन्वय गर्नेछ," उनले भने।

    चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका सभापति लामिछाने चीन भ्रमणको तयारीमा रहेको चर्चा भए पनि भ्रमणको मिति भने अझै तय भइसकेको छैन। पार्टी स्रोतका अनुसार उनी भदौको पहिलो वा दोस्रो साता चीन जान सक्नेछन्।

    लामिछाने यसअघि जेठ १८ गते भारत भ्रमणमा गएका थिए। पाँचदिने भ्रमणपछि उनी नेपाल फर्किएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार