Nov 04 2026 | २०८३ कार्तिक १९ गते

अभिमुखीकरणका लागि बाहिर नजाने विधायन व्यवस्थापन समितिको निर्णय, सिंहदरबारभित्रै कार्यक्रम हुने

अभिमुखीकरणका लागि बाहिर नजाने विधायन व्यवस्थापन समितिको निर्णय, सिंहदरबारभित्रै कार्यक्रम हुने

शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ ।  संघीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिले आफ्ना सदस्यहरूका लागि आयोजना गर्ने अभिमुखीकरण कार्यक्रम सिंहदरबारभित्रै सञ्चालन गर्ने भएको छ।

    समितिको शुक्रवार बसेको बैठकमा सभापति कृष्णबहादुर रोकायले आर्थिक स्रोतको अभाव र मितव्ययितालाई ध्यानमा राख्दै बाहिर जानुको सट्टा संसदकै हलहरू प्रयोग गरिने जानकारी दिए।

    images

    बैठकमा केही सदस्यहरूले फ्रेस हुने र नयाँ वातावरणमा छलफल गर्ने उद्देश्यले सिंहदरवार बाहिर कार्यक्रम गर्न सुझाव दिएका थिए। समितिले हालै दुईवटा उपसमिति गठन गरेको छ। जसमा कानून मापन र अन्तर–विधायी सम्बन्ध उपसमिति रहेका छन्।

    यी उपसमितिका सदस्यहरूलाई कार्यक्षेत्रका बारेमा स्पष्ट पार्न र कानून मापनको आवश्यकता, आधार तथा प्रक्रियाबारे विज्ञहरूबाट जानकारी गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको सभापति रोकायले बताए।

    सभापति रोकायका अनुसार समितिले विज्ञहरूलाई दिने पारिश्रमिकको विषयमा पनि स्पष्ट पारेको छ। हालको मापदण्डअनुसार विज्ञलाई प्रतिसेसन ५ हजार रुपैयाँ मात्र उपलब्ध गराउन सकिने भन्दै रोकायले भने, ‘छुट्टै बजेट नभएकाले पनि बाहिर कार्यक्रम गर्न सम्भव छैन।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार