Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

काठमाडौं शंखमुल घटना प्रकरण : विदेश जान नपाएपछि आत्महत्या रोजे

काठमाडौं शंखमुल घटना प्रकरण : विदेश जान नपाएपछि आत्महत्या रोजे

बिहिवार, आषाढ २० २०८१
  • काठमाडौं । शंखमुलको पुलबाट हामफाल्न खोजेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ ।

    आर्थिक अभावका कारण विदेश जान नपाएपछि मकवानपुर घर भइ हाल ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका २६ वर्षीय एक युवकले आत्महत्या गर्न खोजेको ललितपुर परिसरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

    images

    प्रहरी अनुसन्धानका क्रममा ‘उनी विदेश जान चाहेका, तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले विदेश पठाउन नसक्ने बताएपछि आत्महत्या गर्न कपडा खोलेर पुलबाट बागमती नदीमा हामफाल्न खोजेका थिए ।

    बागमती नदीमा पुलबाट हामफाल्न खोजेका युवकलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार