Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सरकारले म्यानपावर व्यवसायीसँग कामदार पठाएको विवरण माग्यो, ‘फ्री भिसा फ्री टिकट’ मा कति उडे ?

सरकारले म्यानपावर व्यवसायीसँग कामदार पठाएको विवरण माग्यो, ‘फ्री भिसा फ्री टिकट’ मा कति उडे ?

बिहिवार, आषाढ २० २०८१
  • काठमाडौं। वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीहरूसँग कामदार पठाएको विवरण माग गरेको छ । विभागमा दर्ता भई कामदार पठाउँदै आएका सम्पूर्ण व्यवसायीहरूसँग चालु आर्थिक वर्षमा फ्री भिसा, फ्री टिकटमा पठाएको विवरण माग गरेको हो ।

    म्यानपावरले श्रमिक पठाएको मुलुक, रोजगारदाता संस्था, श्रमिकको नाम, श्रमिकको सम्पर्क फोन नम्बर ९नेपाल हुँदाको बखतको०, काम, तलब लगायतका विवरण उल्लेख गरेर उपलब्ध गराउन विभागले अनुरोध गरेको छ ।

    images

    २०७२ सालमा तत्कालीन श्रममन्त्री टेक बहादुर गुरुङले फ्री भिसा, फ्री टिकटको व्यवस्था गरेका थिए । जस अनुसार म्यानपावर व्यवसायीहरूले खाडी मुलुक र मलेसियामा फ्री भिसा, फ्री टिकटको कोटा ल्याएर कामदार पठाउँदै आएका छन् ।

    तर व्यवसायीहरूले त्यसरी फ्री भिसा, फ्री टिकटको कोटामा कामदार पठाउन नसकिने भन्दै विरोध गर्दै आइरहेका छन् । उनीहरूले हाल उक्त नीति हटाएर एक महिना बराबरको सेवा शुल्क लिन पाउनुपर्ने माग राख्दै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार