Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छिन्।  कामु प्रधानन्यायाधीश प्रधान र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा शुक्रबार ३६ वटा पेसी तोकिएको छ।

    प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमण प्रस्थान गरेसँगै प्रधान कामु प्रधानन्यायाधीशमा फर्किएकी हुन्।यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षको उमेर हदका कारण अनिवार्य अवकाश भएसँगै प्रधान कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा थिइन्।

    images

    गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायाधीश प्रधान २० दिने बिदामा बसेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार