Nov 04 2026 | २०८३ कार्तिक १९ गते

कतिमा हुँदैछ कारोबार ? सुन र चाँदीको मूल्य घट्यो

कतिमा हुँदैछ कारोबार ? सुन र चाँदीको मूल्य घट्यो

शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३५० निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धातु रु चार हजार ५०५ मा कारोबार भएको थियो।

    images

    गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको थियो । गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३७० मा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार