Nov 04 2026 | २०८३ कार्तिक १९ गते

नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली

नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको लोकतन्त्र अपहरित भएको बताएका छन्।

    ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा (एमाले) राजधानी प्रदेश कमिटीद्वारा आयोजित ‘संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता प्रमुख दलहरूको भूमिका र दायित्व’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

    images

    ‘नेपालको बलिदानपूर्ण लामो सङ्घर्षबाट ल्याएको लोकतन्त्र अपहरित भएको छ । आज लोकतन्त्रको पुन: सुदृढीकरण होइन आपस लिनुपर्ने भएको छ’, उनले भने ‘चुनावको आयोजन लोकतन्त्रको अभ्यास त होला तर त्यो चुनावको आयोजन कस्तो अवस्थामा के का लागि गरियो यो महत्त्वपूर्ण छ । चुनावले मात्र लोकतन्त्र हुँदैन।’

    उनले धेरै देशमा चुनाव हुने गरेको तर लोकतन्त्र नहुने गरेको भन्दै हाम्रो देशमा पनि भदौ २३ र २४ को जनधनको क्षति गराउने,मार्ने, मराउने खालका घटना नेपालको इतिहासमै कल्पना गर्न नसकिने किसिमको भएको बताए।

    राणाशासन, पञ्चायत वा २०६२÷०६३ सालमा समेत त्यस्तो आतङ्क र भयत्रासको क्रियाकलाप नभएको ओलीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार