Nov 04 2026 | २०८३ कार्तिक १९ गते

रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै

रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी चीन भ्रमणमा जाने भएका हुन् । परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार सभापति लामिछानेको भ्रमण पार्टीगत हो  । तर त्यसमा परराष्ट्र मन्त्रालयले पनि समन्वय गरिरहेको उनको भनाइ छ।

    भ्रमण साउनमा हुने कि भदौमा भन्नेबारे अन्तिम टुंगो लाग्न बाँकी छ । दुवैतर्फको समन्वयमा मिति तय हुने बताउँदै उनले त्यसमा पनि मिति सरकारी तहबाट भन्दा पार्टी तहबाट हुने बताए।

    images

    यसअघि सभापति लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणमा पाँच दिने भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्केका थिए । भारतबाट फर्के लगतै सभापति लामिछानेलाई चीन भ्रमणको निम्तो आएको थियो।

    सोही निम्तो अनुसार उनी चीन भ्रमण जान लागेको बताइएको छ।रास्वपाकै विदेश विभाग प्रमुख समेत रहेका परराष्ट्र मन्त्री शिशिर खनालले जेठको अन्तिम सात चीन भ्रमण गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार