Nov 04 2026 | २०८३ कार्तिक १९ गते

त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा

त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गर्ने २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    पक्राउ पर्नेहरूमा त्रिभुवन विश्वविद्यालय स्ववियु उपसभापति सनम वली, त्रिवि स्ववियु सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिङ ऐरी, प्रकाश सन्जेल लगायत रहेका छन्।

    images

    उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ । त्रिवि स्ववियू सभापति दीपकराज जोशीले त्रिविको स्थापना दिवस कार्यक्रम स्थलमा प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । जोशीले भने– ‘त्रिविले प्रवेश निषेध गर्न खोज्यो । विश्वविद्यालयमा न्यून बजेट उपलब्ध गराइयो भनेर हामीले विरोध गरेका थियो।सहकुलपति समेत रहेका शिक्षा मन्त्री आउने कार्यक्रममा प्रवेश निषेध गरियो । यसमा हाम्रो आपत्ति छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार