Nov 04 2026 | २०८३ कार्तिक १९ गते

काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम

काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । देशकै प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिपट्टि (पूर्वी किनार/मनोहरा क्षेत्र) खुला रूपमा फोहोर थुपारिँदा हवाई उडान सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर परेको छ।

    खुला क्षेत्रमा मासुका अवशेष, कुहिएका फलफूल तथा प्लास्टिकयुक्त फोहोर फाल्ने क्रम बढेपछि आकाशमा चिल, गिद्ध, भुस्याहा कुकुर र कौवाको चहलपहल तीव्र बनेको छ । जसका कारण दैनिक उडान र अवतरणमा बर्ड स्ट्राइक (पक्षी ठोक्किने) को ठुलो जोखिम बढेको छ।

    images

    विमानस्थलको रनवे एप्रोच लाइट र तारबार नजिकै जथाभाबी फोहोर थुपारिएको र यसले उडानमै अवरोध पुर्याएको चौतर्फी गुनासो आएपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा एक टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।

    ‘अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै खुला फोहोर फाल्नु उडान सुरक्षामा गम्भीर आँच पुर्याउनु हो । फोहोरका कारण पक्षीहरू आएर उडान प्रभावित हुने समस्या रहन्छ।’

    अनुगमनका क्रममा विमानस्थलको पर्खालसँगै जोडिएका कच्ची सडक र खुला जग्गामा मासु पसलबाट ल्याइएका हड्डी तथा छालायुक्त फोहोर, फलफूलका अवशेष, र ढलको दूषित पानी सडकमै थुप्रिएर गन्हाउने अवस्था पाइएको छ । वर्षातको समयमा फोहोरको लेदो सडकभरि फैलिँदा वरपरका स्थानीय बासिन्दामा झाडापखाला, हैजा र डेंगु जस्ता सङ्क्रामक रोग फैलिने उच्च जोखिमसमेत देखिएको छ।

    अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्र आसपास खुला फोहोर फाल्नु राष्ट्रिय सुरक्षा र नागरिकको जीवनमाथि नै ठुलो खेलबाड हो । हवाई उडानको दृष्टिकोणले यो अति नै संवेदनशील क्षेत्र हो । फोहोरका कारण चिल र गिद्ध आकाशमा झुम्मिँदा जहाज दुर्घटनाको ठुलो खतरा रहन्छ । जथाभाबी फोहोर फाल्ने व्यक्ति तथा फार्महरूलाई तत्काल कडा कारबाही गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार