Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग

अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । अमेरिकाले इरानमाथि जारी सैन्य कारबाहीलाई थप तीव्र बनाउँदै पहिलो पटक लामो दूरीको रणनीतिक बी–१ बमवर्षक विमान प्रयोग गरेको समाचार सार्वजनिक भएको छ । इजरायली सञ्चारमाध्यम जेरुसेलम पोस्टले एक्सियोसलाई उद्धृत गर्दै साे कुराकाे जानकारी दिएकाे हाे।

    साे पत्रिकाले जनाएअनुसार यो कदम १२ दिनअघि पुनः सुरु भएको अमेरिका–इरान द्वन्द्वयताको सबैभन्दा ठुलो सैन्य विस्तारमध्ये एक मानिएको छ।

    images

    अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार बी–१ बमवर्षकले बेलायतस्थित अमेरिकी सैन्य अड्डाबाट आफ्नो अभियान सुरु गरेको थियो । विमानको उडान मार्ग सार्वजनिक विमान ट्र्याकिङ वेबसाइटहरूमा देखिएको भए पनि त्यसले इरानभित्र कुन लक्ष्यमा आक्रमण गर्यो भन्ने विषय आधिकारिक रूपमा खुलाइएको छैन।

    बी–१ ल्यान्सर अमेरिकी वायुसेनाको लामो दूरीसम्म उडान भरेर ठुलो मात्रामा परम्परागत बम बोक्न सक्ने शक्तिशाली रणनीतिक बमवर्षक विमान हो । यसको प्रयोगले अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई अझ उच्च स्तरमा पुर्याएको विश्लेषण गरिएको छ।

    यद्यपि, अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमले रातभर सञ्चालन गरिएका हवाई आक्रमणबारे जारी गरेको आधिकारिक वक्तव्यमा बी–१ बमवर्षकको प्रयोगबारे कुनै उल्लेख गरेको छैन।

    हालसम्म अमेरिकी रक्षा मन्त्रालयले पनि उक्त विमानले कुन स्थानमा आक्रमण गर्यो वा अभियानको उद्देश्य के थियो भन्नेबारे थप विवरण सार्वजनिक गरेको छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार