Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नगद लेनदेनका लागि यूएईस्थित नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण रोकिएको व्यवसायीहरूको गुनासो

नगद लेनदेनका लागि यूएईस्थित नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण रोकिएको व्यवसायीहरूको गुनासो

‘वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)’सँग समन्वय गरी मागपत्र प्रमाणीकरण शुरु गरेको भएपनि प्रणालीमा शुरुदेखि देखिएको समस्या समाधान नहुँदा मागपत्र प्रमाणीकरणको काम विगत १५ दिनयता रोकिएकोे छ ।

बुधवार, आषाढ १९ २०८१
  • काठमाडौं । विगत केही दिनदेखि यूएईस्थित नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण रोकिएको छ । गत जुन १० देखि परराष्ट्र मन्त्रालयले तयार पारेको अनलाइन प्लेटफर्मलाई वैदेशिक रोजगार विभागले प्रयोगमा ल्याएको ‘वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)’सँग समन्वय गरी मागपत्र प्रमाणीकरण शुरु गरेको भएपनि प्रणालीमा शुरुदेखि देखिएको समस्या समाधान नहुँदा मागपत्र प्रमाणीकरणको काम विगत १५ दिनयता रोकिएकोे छ । 

    प्रविधिले काम नगरी मागपत्र प्रमाणीकरणमा गम्भीर समस्या देखिँदासमेत समाधानका लागि ठोस पहल नभएकोमा नगद लेनदेनका लागि फाइल अड्काएको आरोप समेत कतिपय व्यवसायीहरुले लगाएका छन् ।
    मागपत्र नै प्रमाणीकरण नभएपछि कतिपय व्यवायीले नेपालको सट्टा अन्य स्रोत मुलुकबाट कामदार लैजान थालेको बताइएको छ । यसले गर्दा नेपालीहरूको रोजगारी गुम्ने अवस्थाको सिर्जना भएको छ । 

    images

    यस सम्वन्धमा प्रतिक्रिया दिँदै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यूएईको रोजगारीका समस्या समाधान गर्ने जिम्मेवारी पाएका संयोजक नारायण भुसालले  ‘अनलाइनबाट मागपत्र प्रमाणीकरण नभएको गुनासो व्यवसायीबाट आएको, तर दूतावासका तर्फबाट लामो समयसम्म समस्या समाधान नहुँदा आफू जवाफविहीन बनेको’ बताए । 

    भुसालका अनुसार उनी आफैंले १५ दिन अगाडि पेश गरेका दुई वटा फाइल प्रमाणीकरण नहुँदा आफू रनभुल्लमा परेको प्रतिक्रिया उनले दिए । दूतावासले प्रयोगमा ल्याएको प्रणालीबाट सहजरुपमा अनलाइन प्रमाणीकरण नभएपछि कम्तीमा असार मसान्तसम्म पहिलेकै प्रणाली अर्थात फेमिसमार्फत मागपत्र प्रमाणीकरण गरिदिन उचित हुने भन्दै दूतावासलाई पटक-पटक आग्रह गरेपनि  समस्या समाधानका लागि काम नभएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए । 

    समस्याको जड भनेको वैदेशिक रोजगार विभागले प्रयोग गरिरहेको सफ्टवेयर र परराष्ट्र मन्त्रालयले तयार पारेको अनलाइन प्रणालीमा एकअर्कासँग समन्वय हुन नसक्नु हो । यस समस्या समाधानको निम्ति प्राविधिकहरुले काम गरिरहेको बताए पनि कुनै ठोस उपलब्धि हासिल हुन सकको छैन । यसले गर्दा दुवईको आकर्षक रोजगारी पाउनबाट नेपालीहरु बञ्चित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार