Oct 28 2026 | २०८३ कार्तिक १२ गते

गगन थापा कहिँबाट परिचालित छन् भन्ने गिरिजाबाबुको भनाइ अहिले पुष्टि हुँदै छ–केदार कार्की

गगन थापा कहिँबाट परिचालित छन् भन्ने गिरिजाबाबुको भनाइ अहिले पुष्टि हुँदै छ–केदार कार्की

बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले गगन थापा अन्यत्र कतैबाट सञ्चालित छन् भन्ने गिरिजा प्रसाद कोइरालाको भनाइ अहिले आएर पुष्टि भइरहेको दाबी गरेका छन् ।

    बिपी स्मृति दिवसको अवसरमा कांग्रेसको इतरपक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले गगन थापा आर्थिक रुपमा पनि भ्रष्ट र बाह्य गिरोहबाट सञ्चालित व्यक्ति रहेको आरोप लगाए ।

    images

    उनले भने, ‘हामी अहिले सम्झिन्छौं,गिरिजाप्रसाद कोइरालाले त्यसबेला भनेको कुरा गगन थापा कहिँबाट सञ्चालित छन् भन्ने प्रमाणित हुँदै छ । नाङ्गो आँखाले देखिदै छ । त्यसबेला गिरिजाबाबुको विरुद्ध उनीहरुले कपाल खौरेर विरोध गरेको बिर्सन हुँदैन ।’

    कार्कीले गगन थापा र उनको समूहले प्रष्ट कांग्रेस र भ्रष्ट कांग्रेस भनेर कित्ताकाट गरे पनि वास्तवमा गगनले कहाँबाट को परिचालन गरेर पैसा उठाउँछन् भन्ने आफूहरुले थाहा पाएको दाबी गरे ।

    उनले गगनले नियुक्त गरेका उपकुलपतिले कसरी ज्यान दिए भन्ने कारण पनि थाहा रहेको बताए । कार्कीले अलग पार्टीका लागि भने पनि तयार हुन नेतृत्वलाई आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार