Nov 04 2026 | २०८३ कार्तिक १९ गते

संस्थापनलाई बलायरले भने– लक्ष्मणरेखा तोडेका छैनौं, बाध्य बनाइए पाइला रोकिंदैन

संस्थापनलाई बलायरले भने– लक्ष्मणरेखा तोडेका छैनौं, बाध्य बनाइए पाइला रोकिंदैन

बुधवार, श्रावण ६ २०८३
  • काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता वीरबहादुर बलायरले पार्टी एकताका लागि अझै पनि आफूहरू लचक भएको भन्दै यसलाई सामान्य तरिकाले नबुझ्न चुनौती दिएका छन् ।

    पार्टी संस्थापन पक्षले एकताको कुरा गर्ने तर एकताका लागि अघि बढ्नेगरी कुनै सम्झौता नगर्ने काम गरेको भन्दै उनले आपत्ति जनाए ।

    images

    बुधबार बीपी कोइरालाको ४४ औं स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरूलाई नजरअन्दाज गर्ने हो भने पाइला नरोकिने दाबी गरे ।

    ‘यदि हामीलाई नजरअन्दाज गर्नुभयो, म चुनौतीका साथ भन्छु, अझै पनि हामी लक्ष्मणरेखाको भित्रै छौं । तोडिसकेका छैनौं, झलकमात्रै हो यो । टेलर मात्रै हो यो,’ उनले भने, ‘यदी हामीलाई बाध्य बनाउन थाल्नुभयो भने समय टाढा छैन । शुभमुहुर्त सुरु भएको छ । आज बीपीलाई सम्झंदैगर्दा हामीले पाइला निकालेका छौं । यी पाइला रोकिने छैन ।’

    कांग्रेसको मुलुकको राष्ट्रिय परिस्थिति अब्बल बनाउनका लागि कांग्रेसको सक्षमता र क्रान्तिकारीताको आवश्यकता रहेको उनको भनाइ छ ।

    ‘हामी भन्ने पक्षमा छैनौं, गरेर देखाउँछौं । हामी गरेर आएका हौं, गरेर देखाउँछौं,’ उनले भने ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार