Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान

बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान

बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ । सडक डिभिजन कार्यालय नुवाकोटले बेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडक खण्ड अन्तर्गत बेत्रावती–धुन्चे खण्डको मर्मत सम्भारका लागि बोलपत्र आह्वान गरेको छ।

    बुधबार उक्त सडक खण्डको ‘रियाक्टिभ’ मर्मत कार्यका लागि राष्ट्रिय प्रतिष्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत योग्य नेपाली बोलपत्रदाताहरूबाट विद्युतीय बोलपत्र माग गरिएको हो।

    images

    सडक डिभिजन कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार उक्त मर्मत कार्यको अनुमानित लागत ९३ लाख २९ हजार १५० रुपैयाँ २३ पैसा रहेको छ।

    इच्छुक र योग्य बोलपत्रदाताहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको आधिकारिक वेबसाइट मार्फत बोलपत्र सम्बन्धी कागजात डाउनलोड गरी अनलाइन आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार