Nov 04 2026 | २०८३ कार्तिक १९ गते

चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा

चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा

बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आयोग अन्तर्गतका निर्देशक पदका लागि उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ।

    आयोग अन्तर्गतका चार निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको हो । गत असार २६ गते दरखास्त आह्वान गरिएको थियो।

    images

    आयोगले मापदण्ड तथा प्रत्ययन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाएको हो।

    सर्टलिस्टमा परेका उम्मेदवारहरूमा प्रा.डा. दयाराम पोखरेल, प्रा.डा. दीपेन्द्रबहादुर श्रेष्ठ, प्रा.डा. दिलीप शर्मा, प्रा.डा. विनोदकुमार यादव , प्रा.डा. मृगेन्द्र अमात्य, प्रा.डा. रविन्द्रमान श्रेष्ठ, प्रा.डा. विष्णुप्रसाद शर्मा, प्रा.डा. संघरत्न बज्राचार्य, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सन्ध्या चापागाईँ आचार्य, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. सैलेस प्रधान छन्।

    आयोगले सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ८ गते शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा सञ्चालन गर्ने बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार