काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शिक्षामा ३ प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएका छन्।
शिक्षा मन्त्रालयमा मंगलबार अपराह्न ४ बजेका लागि निजी विद्यालय सञ्चालकहरूलाई बोलाइएको शिक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ।बैठकमा शिक्षामा ३ प्रतिशत कर हटाइएको विषयसहित समसामयिक विषयमा छलफल हुने सचिवालयको भनाइ छ।
छलफलमा प्याप्सन, एनप्याब्सन, हिसानसहितका निजी विद्यालय सञ्चालक प्रतिनिधिलाई बोलाइएको छ।प्याब्सनमा महासचिव आरबी कटुवालले शिक्षा समता करसहित समसामियक विषयमा छलफलका लागि भनेर जानकारी प्राप्त भएको बताए।उनका अनुसार हरेक संस्थाका ३/३ जना प्रतिनिधिलाई मन्त्रालयमा आउन भनिएको छ।



