Nov 04 2026 | २०८३ कार्तिक १९ गते

नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा

नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा

मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा चरम विकृति रहेको र सोही विकृतिका कारण नागरिकमा असन्तुष्टि बढेको बताएका छन्।गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बिपी र आजका नेता लिलिपुटका लघुमानव’ पुस्तकको मंगलबार काठमाडौँमा भएको विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन्।

    ‘राजनीतिमा चरम विकृति छ र यो विकृतिले गर्दा नागरिकमा व्यापक रूपमा असन्तुष्टि आइरहेको छ’, थापाले भने, ‘यो विकृति समयमै सम्बोधन गरिएन भने विस्फोट हुन्छ।’उनले यसलाई सम्बोधन गर्ने काम नेपाली कांग्रेसले गर्नुपर्ने भन्दै राजनीतिमा मौलाएको विकृतिबारे नेता गुरुराज घिमिरेले विगतमा पनि पटक पटक उठाउँदै आउने गरेको बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार