Nov 04 2026 | २०८३ कार्तिक १९ गते

आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग

आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग

मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    धेरैजसो ठाउँमा मध्यम वर्षा हुने भएकाले बाढी–पहिरोको सम्भावना अलि कम रहेको विभागका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।

    images

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मध्यम सम्मको वर्षा र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित मध्यम सम्मको वर्षाको सम्भावना देखिएको उनले बताए । उनले वर्षा हुने क्रम चाहिँ हिजो–अस्ति भन्दा भोलि र पर्सी अलिकति कम हुने जस्तो देखिएको बताए।

    प्रभावमा आधारित रहेर पनि मौसम पूर्वानुमान गर्ने गरिएको भन्दै उनले जल तथा मौसम विज्ञान विभागले समय समयमा निरन्तर जानकारी गराइरहेको उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार