Nov 04 2026 | २०८३ कार्तिक १९ गते

१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहानको मापन अनुसार देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको जनाकारी दिएको छ।महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सामान्य छ।’ कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बहाव नियन्त्रणमै रहेको महाशाखाले जनाएको छ।

    प्रमुख नदीहरू सुरक्षित रहे पनि देशका विभिन्न १२ जिल्लामा भने साना नदीको बहाव उल्लेख्य बढ्न सक्ने चेतावनी दिइएको छ। आज झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने सा-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

    images

    महाशाखाले आगामी दुई दिनको सम्भावना प्रस्तुत गर्दै भनेको छ, ‘साउन ६ र ७ गते कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही सा-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्छ।’ नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    12

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार