काठमाडौँ । यातायात व्यवस्था विभागले यातायात क्षेत्रसँग सम्बन्धित डिजिटल प्रणालीहरूलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन डाटाबेस माइग्रेसन तथा नयाँ करको दर समायोजनको कार्य सुरु गरेको छ।विभागले सोमबार एक सूचना जारी गर्दै यो प्राविधिक काम सम्पन्न गर्न करिब एक हप्ताको समय लाग्ने जानकारी दिएको छ।
यस अवधिमा प्रणाली स्तरोन्नतिको काम भइरहेकाले अति आवश्यक परेको अवस्थामा बाहेक यातायात सम्बन्धी अन्य सेवाहरू प्राप्त गर्न आगामी साउन ८ गतेपछि मात्र सम्बन्धित यातायात कार्यालयहरूमा सम्पर्क राख्न विभागले सेवाग्राहीलाई अनुरोध गरेको छ।
विभागका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रदेश सरकारहरूले तोकेका नयाँ करका दररेटहरू प्रणालीमा प्रविष्टि गर्ने तथा मिलान गर्ने कार्य भइरहेको छ । यसका साथै प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन डाटाबेस माइग्रेसनको कार्य पनि सँगसँगै अगाडि बढाइएको हो । प्रणाली स्तरोन्नतिको यस कामबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति यातायात व्यवस्था विभागले क्षमासमेत मागेको छ।
_R6v9TMnSA9.png)



