Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित

बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित

सोमवार, श्रावण ४ २०८३
  • काठमाडौँ । बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले अति आवश्यक बाहेकका यातायात सम्बन्धी सेवाहरू तत्कालका लागि स्थगित गरेको छ।

    मन्त्रालयले एक सूचना जारी गर्दै यातायात क्षेत्रसँग सम्बन्धित प्रणालीहरूमा प्राविधिक सुधार तथा कर परिमार्जनको कार्य भइरहेकाले सेवा स्थगित गरिएको जनाएको हो।

    images

    यातायात व्यवस्था विभाग, मीनभवनको साउन ४ गतेको सार्वजनिक अनुरोधको सूचना बमोजिम यातायात क्षेत्रका विभिन्न प्रणालीहरूलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउनका लागि ‘डाटाबेस माइग्रेसन’  कार्य भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । यसका साथै प्रदेश सरकारद्वारा तोकिएका नयाँ करका दररेटहरू प्रणालीमा प्रविष्टि  तथा मिलान गर्ने कार्य समेत जारी रहेको छ।

    मन्त्रालयका अनुसार यी प्राविधिक कार्यहरू पूर्ण रूपमा सम्पन्न हुन करिब एक हप्ताको समय लाग्ने अनुमान गरिएको छ । सोही कारण, अति आवश्यक सेवाहरू बाहेकका अन्य सम्पूर्ण यातायात सम्बन्धी सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

    image

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार