Nov 04 2026 | २०८३ कार्तिक १९ गते

उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता

उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता

सोमवार, श्रावण ४ २०८३
  • काठमाडाैँ । उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिक बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको विपद् तथा बाँध व्यवस्थापन प्राधिकरणले सोमबार जनाएको छ।

    प्राधिकरणका अनुसार विपदमा परी १० जना घाइते भएका छन् । हताहत हुने सबै व्यक्तिलाई चाउ प्रान्तका रहेका छन्। गत बुधबारदेखि आइतबारसम्म परेको अविरल वर्षाका कारण उक्त क्षेत्रमा बाढी र पहिरो गएको थियो । विपद्ले व्यापक भौतिक क्षति पुर्याएको छ।

    images

    प्रारम्भिक विवरणअनुसार ४२७ घर पूर्ण रूपमा ध्वस्त वा क्षतिग्रस्त भएका छन् भने उच्च जोखिमयुक्त क्षेत्रबाट करिब १४० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विपदबाट भएको आर्थिक क्षति करिब ३६२ दशमलव ४६ अर्ब भियतनामी डङ (करिब एक करोड ४३ लाख अमेरिकी डलर) बराबर रहेको अनुमान गरिएको छ।

    स्थानीय अधिकारीहरूले क्षतिको विस्तृत विवरण सङ्कलन तथा बेपत्ताको खोजी कार्य जारी राखेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार