Nov 04 2026 | २०८३ कार्तिक १९ गते

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

सोमवार, श्रावण ४ २०८३
  • काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । साउने सोमबारका अवसरमा पशुपतिनाथको सहज रूपमा दर्शन गर्न बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो।

    साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ  । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ।

    images

    रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ ।  विवाहित महिलाले श्रीमानको दीर्घ जीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ।

    घर–घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठुला साना सबै शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्ने गर्दछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार