Nov 04 2026 | २०८३ कार्तिक १९ गते

महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण

महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण

आइतवार, श्रावण ३ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

    समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले आइतबार समूहको सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै  खाद्यान्न, यातायात, स्वास्थ्य र शिक्षा क्षेत्रमा अचानक बढेको महँगी र कृत्रिम अभावका कारण नागरिकको दैनिक जीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

    images

    निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको समूहको बैठकले देशको समसामयिक अवस्था, बढ्दो महँगी र प्राकृतिक विपद्का सन्दर्भमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको विश्वकर्माले पत्रकार सम्मेलनमा बताए।

    विश्वकर्माले वर्षायाममा सुकुमबासीहरूलाई उचित व्यवस्थापन विना अस्थायी वासस्थानबाट हटाउने सरकारी कार्यको निन्दा गरे । साथै, सुकुमबासीहरूलाई राखिएका होल्डिङ सेन्टरमा अनुगमनमा पुगेका स्वयंसेवक र मानवअधिकारकर्मीमाथि विनाकारण गरिएको धरपकड तथा कुटपिट अमानवीय र निन्दनीय भएको विश्वकर्माको भनाइ थियो।

    भारी वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानको जोखिम बढेको अवस्थामा विपद्मा परेका नागरिकको तत्काल उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग उनले माग गरे।

    पार्टीले विपद्को यो घडीमा आवश्यक सावधानी अपनाउन सम्पूर्ण आम नागरिकमा अपिल समेत उनले गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार