काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल का नेता राजकिशोर यादवले नेपालबिना भारत विश्वगुरु बन्न नसक्ने बताएका छन्।
सत्य सनातन मैत्री संघले ‘नेपाल–भारतको नागरिकस्तरको समाजिक धार्मिक, आर्थिक विकास र मैत्रीपूर्ण सम्बन्ध विषयमा आयोजित’ एक कार्यक्रमा उनले नेपालको साथ र सहयोगबिना भारत विश्व गुरु बन्न नसक्ने बताएका हुन् ।
उनले भने, ‘नेपालको दर्शन विना, नेपालको ज्ञानविना भारत अधुरो रहने छ ।’ भारतको साथ सहयोग नेपाललाई पनि चाहिने भएपनि तर त्यो कृपाले नभएको उनको भनाइ छ । मैत्री सम्बन्धको नाताले दिल्लीले नेपाललाई सहयोग गर्नुपर्ने उनले बताए।
विश्वका शक्ति राष्ट्रहरुले नेपाल र भारतबिच कटुता बढाउने कार्य गरिरहेको बताउँदै उनले यसलाई समाप्त गर्न भारतले भूमिका खेल्नुपर्ने बताए । नेपाल–भारतबिच कुनै प्रकारको सम्बन्ध खराब नहोस् भनेर भारतले यसले अग्रसरता लिनुपर्ने बताउदै उनले भारत जति ठुलो छ, त्यति त्यस्तै मुटु पनि ठुलो बनाउनुपर्ने बताए।
भारतले नेपाली चियाको निर्यातमा रोक लगाएर नेपाली किसानको मनमा धेरै ठुलो वैज्ञानिक असर पारेको बताउँदै उलने यस्ता कुराहरुमा नेपालले ध्यान दिनुपर्ने बताए । नेपाल भारतबिच आर्थिक सम्बन्ध मात्र होइन, समाजिक र पारिवारिक सम्बन्ध पनि रहेको उल्लेख गर्दै उनले सानतिना कुरालाई लिएर आर्थिक सम्बन्धमा नबिगार्न आग्रह गरे।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशत सिंहले नेपाल–भारतको सम्बन्ध सीमा क्षेत्रमा बस्नेलाई मात्र थाहा हुने गरेको बताए । तर पछिल्लो समय नेपाल–भारतबिच कटुता उत्पन्न भइरहेको उनले बताए।



