Nov 04 2026 | २०८३ कार्तिक १९ गते

शिक्षा र स्वास्थ्यका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्छ : शङ्कर पोखरेल

शिक्षा र स्वास्थ्यका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्छ : शङ्कर पोखरेल

आइतवार, श्रावण ३ २०८३
  • काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारका निम्ति राज्यलाई जबाफदेही र जिम्मेवार बनाउनेतर्फ लाग्नुपर्ने बताएका छन्। एमाले संसदीय मामिला विभागले संसद्मा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन च्यासलमा गरिएको अन्तरक्रियाका क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन्।

    ‘स्वास्थ्य र शिक्षाका नाममा पैतृक सम्पत्ति क्षयीकरण हुँदै जाँदा त्यसको फ्रस्टेसन राज्यप्रति बढ्यो । त्यसवेला पार्टी र राज्य छुट्टिने अवस्था रहेन’, महासचिव पोखरेलले भने, ‘जसका कारण राज्यप्रतिको असन्तोष पार्टीमा बदलिदा पुराना पार्टीहरूमाथि आरोप र आक्षेप असन्तोषसँग जोडियो।’

    images

    महासचिव पोखरेलले गुमेको जनमत फिर्ता गर्न शिक्षा, स्वास्थ्य र रोजगारका निम्ति राज्यलाई जिम्मेवार र जबाफदेही बनाउने पैरवी थाल्नुपर्ने बताएका हुन्।

    ‘राज्यलाई शिक्षा, स्वास्थ्य र रोजगारीप्रति राज्यलाई जिम्मेवार बनाउनै पर्छ’, उनले भने, ‘यो आम नीतिभित्र पनि पर्छ।’

    महासचिव पोखरेलले आफ्ना मूल्य मान्यता र नीतिको जगमा आफूलाई लोकप्रिय बनाउने काम गर्नुपर्ने भन्दै लोकप्रियतावादीतर्फ लाग्न नहुने बताए । त्यसका लागि पार्टीका सांसदहरूले आवश्यक सहयोग लिएर संसदभित्र आफ्ना कामकारबाही प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार