Nov 04 2026 | २०८३ कार्तिक १९ गते

पहिरोले थुनियो पोखराको सेती नदी

पहिरोले थुनियो पोखराको सेती नदी

आइतवार, श्रावण ३ २०८३
  • काठमाडौँ । निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ।पोखरा महानगरपालिका–१५ र १७ सिमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो।

    पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ल प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतको टोली आइतबार बिहान निरीक्षणमा पुगेको थियो।

    images

    पहिरोले थुनिएपछि पानी पूर्ण रूपमा निकास हुन सकेको छैन।पहिरोले थुनिएभन्दा माथिल्लो भागमा पानीको सतह करिब ५० मिटर बढेको उपप्रमुख गुरुङले बताइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार