Nov 04 2026 | २०८३ कार्तिक १९ गते

मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता

मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता

शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौँ । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच निर्णायक वार्ता जारी छ । केही बेरपछि सिंहदरबारमा सुरु भएकाे वार्तामा पीडितका माग सम्बोधनका लागि समझदारी गर्ने तयारी भएको बताइएको छ।

    सरकार र पीडित अगुवाबिच बिहीबार राति पनि वार्ता भएको थियो । असार २५ गते जनकपुरबाट मार्च पाससहित काठमाडौँ हिँडेका मिटरब्याज पीडितलाई सरकारले बाराको निजगढमै रोकेर गृहमन्त्री सुधन गुरुङले वार्ताको सुरुवात गरेका थिए।

    images

    बिहीबारकै मन्त्रिपरिषद् बैठकले समस्या समाधानका लागि वार्ता टोली गठन गरेको थियो । त्यसपछि सङ्घर्ष समितिका अगुवाहरू बिहीबारै बाराबाट काठमाडौँ आएका थिए।

    वार्ता  मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटासहित गृह, भूमि, अर्थ मन्त्रालयका सहसचिवहरू सहभागी छन्।

    मिटरब्याज पीडितका तर्फबाट सङ्घर्ष समितिका किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाह, महासचिव मनोज पासवान, प्रवक्ता रिजन राना मगर सचिवालय सदस्यहरू किरण परियार र लक्ष्मी घिमिरे र संयुक्त जनअधिकार नेपालका निर्ग नवीन सहभागी छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार