Nov 04 2026 | २०८३ कार्तिक १९ गते

तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन

तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन

बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ । पूर्वको काँकडभिट्टा, सुनसरी र मोरङ जिल्लाका सिमानामा तस्करसँग ‘साँठगाँठ’ गरेको आशंकमा सशस्त्र प्रहरीले सो क्षेत्रमा कार्यरत कर्मचारीहरूमाथि छानबिन गरिरहेको छ । छानबिनका लागि असार १० मा सो क्षेत्रका ३ जना कर्मचारीलाई हेडक्वार्टर झिकाइएको थियो । अहिले थप ८ जनालाई छानबिनको लागि हेडक्वार्टरमा तानिएको छ।

    छानबिनको दायरामा दुई जना डीएसपी पनि छन् । सुनसरीस्थित सीमा सुरक्षा गुल्ममा कार्यरत डीएसपी शमशेर कार्की र यसअघि झापाको काँकडभिट्टामा बसेर अहिले इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेतीलाई छानबिनका लागि बलम्बुस्थित सशस्त्रको हेडक्वार्टरमा तानिएको हो।

    images

    सशस्त्र प्रहरी नायव निरीक्षक र अरू दर्जाका सहित ११ जनालाई सशस्त्रको कानुन निर्देशनालयले छानबिन गरिरहेको छ । पूर्व क्षेत्रमा मात्रै ४ वटा युनिटको कमान्ड गरेका शमशेर कार्की र तस्करहरूबिच ‘कनेक्सन’ देखिएको प्रारम्भिक छानबिनबाट थाहा भएको सशस्त्रका एक जना उच्च अधिकृतले जानकारी दिए।

    सङ्गठनको नीति विपरीत काम गरेका र अनुगमनको क्रममा त्रुटि भेटिएका केही कर्मचारीलाई हेडक्वार्टर झिकाएर छानबिन भइरहेको सशस्त्रका प्रवक्ता(डीआईजी) नेत्रबहादुर कार्कीले बताए । उनले भने– ‘कानुन निर्देशनालयले ९–१० जना कर्मचारीहरूमाथि छानबिन गरिरहेको छ।’

    हेड्क्वार्टरबाट अनुगमन गर्दा सिमानामा खटिएका सशस्त्रका सुरक्षाकर्मीले भन्सारका कर्मचारीहरूसँग मिलेर नै तस्करलाई सघाउने गरेको भेटिएको छ । सशस्त्रका एक जना उच्च अधिकृत भन्छन्, ‘कसैले भारत तर्फबाट १ लाखको सामान ल्याएको भेटिएमा मिलेमतोमा ५ हजारको मात्रै भन्सारमा रसिद काट्ने गरेको भेटिएको छ।’

    सुनसरीस्थित बोर्डर आउट पोस्ट (बिओपी) लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्द, नम्बर–३८ रिजर्भ गणमा कार्यरत हवल्दारद्वय हरि मगर, केशव गुरुङ, गण नम्बर–२ झापामा कार्यरत हवल्दार विश्वास राजवंशी र पूर्व क्षेत्रीय अस्पताल सुनसरीमा कार्यरत सई गणेश खड्का छानबिनका लागि हेडक्वार्टर तानिएका छन् । नम्बर–४ गण सुनसरीमा कार्यरत जवान पारस यादवलाई पनि हेडक्वार्टर तानिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार