Nov 04 2026 | २०८३ कार्तिक १९ गते

अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति

अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति

बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ । गत असार १३ गते सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण सकिए पनि १९ दिन बितिसक्दा पनि नियुक्ति अझै रोकिएको छ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयसहित आठ वटा विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियासँगै भएको थियो । अन्य विश्वविद्यालयको नियुक्ति गत असार १९ गते भइसकेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका एक अधिकारीले रातोपाटीसँग भने- ‘अन्तर्वार्ता र प्रस्तुतीकरण सकिएको छ । नम्बर पोको पारेर लाहछाप लगाएर बुझाइसकेका छौँ । हाम्रो तर्फबाट सबै प्रक्रिया टुङ्ग्याएका छौँ । थप निर्णय समितिले गर्ला । अनि बल्ल कुलपतिले उपकुलपति नियुक्ति गर्नुहुन्छ।’

    images

    बौद्ध विश्वविद्यालयको उपकुलपतिका लागि ११ जनाले आवेदन दिएका थिए । जसमध्ये ७ जना सर्ट लिस्टमा परेका छन् । अल्पसूचीमा परेकाहरूमा चन्द्रकला घिमिरे, तिलकराम आचार्य, दीपकप्रसाद आचार्य, फणीन्द्रकुमार न्यौपाने, यशोधरा भेटुवाल, शारदा पौडेल र सुरेन्द्रमान बज्राचार्य रहेका छन्।

    शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले १३ गते सर्ट लिस्टमा परेका उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता समेत लिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार