Nov 04 2026 | २०८३ कार्तिक १९ गते

आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान

आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान

बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ । उपभोक्ता जागरण अभियान नेपालले उपभोक्ताको हक हित संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई भेटेर अभियानको टोलीले वस्तु र सेवा बजारमा सुशासन कायम गर्न सुझावसहितको ध्यानाकर्षण गराएको हो।

    सिंहदरबार पुगेर अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले उपभोग्य वस्तु र सेवा क्षेत्रको सार्थक र प्रभावकारी अनुगमन गरी आम उपभोक्ताको हित संरक्षण गराउने तर्फ मुख्य सचिव कार्कीलाई अनुरोध गरेको हो । नेपाल सरकारका नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीलाई निजामती सेवाको उच्च पदमा नियुक्त भएकोमा बधाई दिँदै अध्यक्ष भण्डारीले वस्तु र सेवा बजारमा सुशासन कायम गर्न संस्थागत सुझाव सहित जागरण अभियानको वार्षिक स्मारिका समेत प्रदान गरेका थिए।

    images

    अभियानले नयाँ बजेटले गरेका करका प्रावधान ,साउन  महिनादेखि सुरु हुने साना ठुला चाडपर्व , अन्तर्राष्ट्रिय कारणले तलमाथि भइरहने पेट्रोलियम पदार्थको मूल्य र त्यसले पार्ने  प्रभाव लगायतका कारण वस्तु र सेवाको  मूल्यबृद्धिका कारण असहज हुने आपूर्ति व्यवस्थालाई ध्यानमा राखेर सरकारले समयमै चाडपर्व लक्षित कार्ययोजना ल्याउन सुझाव दिएको छ।

    त्यस्तै, नेपाल सरकारले आ.व. २०८३–८४ लाई कानुन सुधार तथा निर्माण  वर्षको रूपमा काम गर्ने पहल स्वरुप  १६६ कानुन निर्माण र सुधार गर्ने तयारी गरिरहँदा तत्काल सुधार गर्नुपर्ने कानुनमा उपभोक्ता संरक्षण ऐन ,२०७५ लाई पनि समावेश गर्न भण्डारीले मुख्यसचिव कार्कीको ध्यानाकर्षण गराएका छन्।

    उपभोक्ताको सरोकार लिएर भण्डारीसँगै अभियानका  उपाध्यक्ष रोहित दाहाल र महासचिव चिन्तामणि पराजुली, सदस्य मुरारी बस्ती सहितका पदाधिकारीको टोलीले सरकारका अन्य नियामक निकायलाई पनि ध्यानाकर्षण गराएको छ । सोही क्रममा टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पुगेर महानिर्देशक मोतिराम सापकोटा र निर्देशक अनिल किराँतीलाई उपभोक्ताको हक हितका विषयमा भइरहेका गतिविधिका विषयमा ध्यानाकर्षण गराएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार