Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सरकारले गर्‍यो ६ सचिवको सरुवा, अर्याल पुगिन् जगेडामा

सरकारले गर्‍यो ६ सचिवको सरुवा, अर्याल पुगिन् जगेडामा

बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गरेको हो । सरुवा गरिएका सचिवहरूको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेब पोटलमा परिवर्तन गरिएको छ।

    बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ।

    images

    राउतको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई ल्याइएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा राखिएका डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुर्‍याइएको छ।

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेको सचिव राधिका अर्याललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुर्‍याइएको छ।

    नयाँ बनाइएको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई पुर्‍याइएको छ भने राष्ट्रिय सतर्कता केन्द्रमा विश्वबाबु पुडासैनी पुगेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार