Nov 04 2026 | २०८३ कार्तिक १९ गते

सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्

सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्

बिहिवार, आषाढ ३२ २०८३
  • विराटनगर । कोशी सरकारबारे निर्णय लिन कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक सुरु भएको छ । बैठकले वर्तमान एमालेका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्ने सम्भावना छ।

    कांग्रेस कोशी प्रदेश सभापति तथा दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता तथा सांसद अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायतको उपस्थिति छ । बैठकमा सरकारको नेतृत्व गर्दै सरकारमा सहभागी रहेका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री प्रदीपकुमार सुनुवार भने अनुपस्थित रहेका छन्।

    images

    उनले आफू संयन्त्रको बैठकमा सहभागी नहुने बताए । स्रोतका अनुसार काङ्ग्रेस सभापति गगन थापा नेतृत्वले दिएको निर्देशन नमान्ने अडानमा मन्त्रीहरू रहेको दाबी गरेको छ।

    सरकारमा काङ्ग्रेसका तर्फबाट पूर्वाधार मन्त्री सुनुवारसहित स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार