Nov 04 2026 | २०८३ कार्तिक १९ गते

भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा

भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा

बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोको स्वदेश फिर्ती नरोकिने बताएकाे छ ।  यस विषयमा विदेश विभागको नीति स्पष्ट रहेको उल्लेख गर्दै दक्षिण अमेरिकाका लागि उपसहायक सचिव लुइस मेन्डेजले अमेरिकाले मारिया कोरिनालाई स्वदेश फर्कन कुनै पनि बाधा नपुर्याउने बताएका हुन् । उनले तोकिएका सर्तहरु भने मान्नुपर्ने चेतावनी दिएका छन्।

    मचाडोले गत डिसेम्बरमा नर्वेमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नका लागि भेनेजुएलाबाट बाहिर आएपछि आज सम्म स्वदेश नफर्केको जनाइएको छ । यसैबिच उनले भेनेजुएलाको सन्दर्भमा केही महत्वपूर्ण काम गर्न आवश्यक भएकाले स्वदेश फर्किँदै गर्दा कुनै अवरोध नगर्ने मेन्डेजले प्रष्ट पारेका छन्।

    images

    गत जुन –२४ मा आएको विनाशकारी दोहोरो भूकम्प पछि, मचाडोले धेरै पटक काराकास फर्कने प्रयास गरेता पनि भेनेजुएलाको कूटनीतिक दबाबले उनको प्रयासलाई अवरुद्ध गरेको जनाइएको छ।

    अमेरिकी सरकारले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई मचाडोलाई फर्कन अनुमतिको लागि सहजिकरण गर्न खोजेको हो भन्ने प्रश्नमा मेन्डेजले अधिकारीहरूसँग आवाश्यक समन्यव समेत गरेको जनाएका छन्।

    गत जनवरीमा तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गरे देखि सत्तामा रहेका छरोड्रिगेजले सरकारले अर्को महिना देखि विपक्षी दलका सदस्यहरूसँग भेट्ने योजना बनाएको उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार