Nov 04 2026 | २०८३ कार्तिक १९ गते

बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको छ।

    मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई अनुपस्थित रहेका ती कर्मचारीहरूलाई सेवाबाट किन नहटाउने भनी प्रश्न गरेको छ। सूचनामा उल्लेख भए अनुसार चित्तबुझ्दो कारण नभएमा उनीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय हुन सक्ने चेतावनी दिइएको छ।

    images

    ​उक्त कारबाही प्रक्रियाको दायरामा पर्नेहरूमा  वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल महाराजगन्ज र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरू रहेका छन्।

    अनुपस्थित हुनेहरूमा नवौँ तहका क. रेडियोलोजिष्ट डा. अमित रौनियार र क. पेडियाट्रिक सर्जन डा. मृदुल प्रसाद जोशी, विभिन्न तहका मेडिकल अधिकृतहरू, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिष्ट तथा स्टाफ नर्सहरू रहेका छन्।

    मन्त्रालयले सम्बन्धित कर्मचारीहरूलाई यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र आफ्नो आधिकारिक सफाइ पेस गर्न निर्देशन दिएको छ र सो अवधिभित्र सफाइ पेस नगरे कानुन बमोजिम कारबाही अघि बढाइने जनाएको छ।

    745885082_2074064209864106_326202042786073741_n

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार