Oct 28 2026 | २०८३ कार्तिक १२ गते

दुबई जान लागेका राजेशपायल जहाजबाटै फर्काइए

दुबई जान लागेका राजेशपायल जहाजबाटै फर्काइए

बिहिवार, आषाढ १३ २०८१
  • काठमाडौं । दुबईमा एक सांगीतिक कार्यक्रममा जान लागेका गायक राजेशपायल राईलाई विमानस्थलबाट फर्काइदिएको छ। अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकापछि राईलाई विमानस्थलबाट फर्काइएको  विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले बताए।

    उनी फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका थिए ।

    images

    डीआईजी रामदत्त जोशीले भने, ‘अत्यधिक मदिरा सेवन गरेका कारण रोकिएको हो । उहाँ नर्मल अवस्थामा भएपछि दुबई जानुहुन्छ’ । 

    उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार