Nov 04 2026 | २०८३ कार्तिक १९ गते

संसद्‌को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य

संसद्‌को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य

बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौँ । रास्वपाका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले सरकारको सय दिनपछि समीक्षा गर्ने चलन रहे पनि संसद्को त्यो परम्परा नभएको भन्दै संसद्को समेत समीक्षा गर्नुपर्ने बताएका छन् ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आचार्यले भने– ‘सामान्यतया सरकारको सय दिन पुगेपछि हनिमुन पिरियड सकिन्छ र त्यसको समीक्षा गर्ने अभ्यास छ’, उनले भने, ‘संसद्को हकमा हनिमुन पिरियड भन्ने सुनेजस्तो लाग्दैन ।तर संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला भयो जस्तो लाग्छ ।’

    images

    उनले संसद् सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो ? विधेयकहरू कति समृद्ध भए ? समितिहरूले कति काम गरे ? नियम उल्लङ्घन कति भए ? संसद्को गरिमा बढ्दो छ कि घट्दो भन्दै सबै विषयको समीक्षा गर्न सभामुखसँग आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार