काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय समन्वय समितिको बैठक बोलाएको छ।
पार्टी समायोजनको विषयमा छलफल गर्न बैठक बोलाएको जसपा नेपालले जनाएको छ । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच एकता भएको लामो समय भए पनि समायोजनको कार्य अझै सकेको छैन ।
दुवै पार्टी मिलेर जसपा नेपाल बनेको छ । पार्टी दर्ता प्रयोजनका लागि ५२ सदस्य केन्द्रीय समन्वय समिति बनाएको छ। त्यसबाहेक अरू कुनै समिति गठन गरेको छ । दुवै दल मिलाएर पदाधिकारीसहितको केन्द्रीय समिति बनाउनेदेखि लिएर अन्य समिति पनि गठन गर्ने तयारीका लागि बैठक बोलाएको जनाएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै पार्टीका शीर्ष नेताहरूसँग एक्ला एक्लै छलफल गरिसकेका छन् । कतिपयसँग सामूहिक छलफल पनि गरेका छन् । सबैसँग एक चरण छलफल गरिसकेपछि उनले पार्टीको बैठक बोलाएका हुन् ।
त्यसका साथै बैठकमा वर्तमान सरकारको १०० दिनको अवधिको समीक्षा समेत गर्नुको साथै सरकारले संविधान संशोधनका लागि गरिरहेको कार्यको बारेमा समेत छलफल गर्ने बताइएको छ।



