Nov 04 2026 | २०८३ कार्तिक १९ गते

केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित

केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित

सोमवार, आषाढ २९ २०८३
  • काठमाडौँ । यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर प्रणालीमा आएको प्राविधिक गडबडीका कारण देशभरका यातायात व्यवस्था कार्यालयहरूमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवाहरू ठप्प भएका छन् ।

    विभागको केन्द्रीय ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम’ (ईडीएलभीआरएस) सर्भरमा प्राविधिक समस्या देखिएपछि सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न प्रदेशका यातायात कार्यालयहरूले आकस्मिक सूचना जारी गर्दै सेवा स्थगित गरेका हुन् ।

    images

    केन्द्रीय प्रणालीमै समस्या आएका कारण सबै प्रदेश मातहतका प्रमुख यातायात कार्यालयहरूको दैनिक कार्यसम्पादन पूर्ण वा आंशिक रूपमा प्रभावित भएको छ ।

    यातायात व्यवस्था कार्यालय कलङ्की र भक्तपुरले नयाँ दर्ता, वर्ग थप, नवीकरण तथा राजश्व भुक्तानी जस्ता नियमित सेवाहरू पूर्ण रूपमा स्थगित गरेका छन् । यद्यपि, पूर्व निर्धारित प्रयोगात्मक परीक्षा (ट्रायल) र तयार भइसकेका लाइसेन्स वितरण कार्य भने सुचारु रहने कार्यालयहरूले जनाएका छन् ।

    यातायात व्यवस्था कार्यालय भरतपुरले अर्को सूचना नआएसम्मका लागि लाइसेन्स सम्बन्धी सम्पूर्ण कार्यहरू पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।

    यातायात व्यवस्था कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा असार २६ गतेदेखि नै बायोमेट्रिक कार्य प्रभावित भएको छ । कार्यालयले असार २९ गतेसम्म बायोमेट्रिकका लागि ‘अफिस भिजिट डेट’ पाएका तर प्रणाली अवरुद्ध हुँदा प्रक्रिया पूरा गर्न नसकेका आवेदकहरूको पालो अर्को सूचना जारी नभएसम्मका लागि सारेको छ।

    747217512_4322413221406034_7226842913156131637_n

     

    747217512_4322413221406034_7226842913156131637_n

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार