काठमाडौँ। अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। ब्रेन ट्युमर भएपछि गत मङ्गलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन् ।
उनको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको निरौलाका नजिकका सहकर्मी कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
कलाकार गिरीका अनुसार उनलाई अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको छ। दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनी एक सातापछि डिस्चार्ज हुनेछिन्।



