Oct 28 2026 | २०८३ कार्तिक १२ गते

साउदीका पिडीतले पाएनन् बिमा रकम

साउदीका पिडीतले पाएनन् बिमा रकम

बुधवार, आषाढ १२ २०८१
  • काठमाडौं । कामको क्रममा दुर्घटनामा परी घाइते, अंगभंग भएका र मृत्युवरण गरेका ४ सय भन्दाबढी नेपाली कामदारले सामाजिक सुरक्षा बिमाबापतको रकम पाउन सकेका छ्रैनन् । रियादस्थित नेपाली दूतावासका अनुसार सामाजिक सुरक्षा बिमा (गोसी)बाट हालसम्म ४ सय ४६ जना नेपालीले पैसा पाउन बाँकी रहेको छ । यो सन् २००२ देखि १३ जुन २०२४ सम्मको अवधिको हो ।

    दुर्घटना भएर दर्ता नभएका, अस्वीकृत भएका र आगामी दिनमा दर्ता गर्न तथा स्वीकृत गर्न बाँकी रहेकाको संख्या १ सय २४ रहेको छ । यसैगरी, दुर्घटनाको अवस्था पत्ता लगाउन काम गर्नुपर्ने संख्या ३९, प्रक्रियामा रहेका दुर्घटना स्वीकृतका लागि काम गर्नुपर्ने संख्या ८९, चेक फिर्ता भएकाहरू २३ र हालसम्म रकम भुक्तानी नभएकाहरूका लागि काम गर्नुपर्ने संख्या ३१ रहेको दूतावासले जनाएको छ ।

    images

    काम गर्ने क्रममा दुर्घटनामा परी घाइते भई सधैंका लागि अपांग वा मृत्यु भएको अवस्थामा परिवारले ३ लाख ३० हजार साउदी रियाल पाउने व्यवस्था रहेको छ । यसैगरी, अंगभंग भएकाको हकमा १ लाख ६५ हजार रियाल पाउने व्यवस्था छ । साउदीमा काम गर्ने क्रममा दुर्घटनामा मृत्यु भएका वा अंगभंग भएकाको परिवारले यस्तो रकम पाउन बाँकी भए यथासक्य सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार