Nov 03 2026 | २०८३ कार्तिक १८ गते

अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण

अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण

आइतवार, आषाढ २८ २०८३
  • काठमाडौँ । अमेरिकी सेनाले आइतबार बिहान इरानका करिब १४० वटा सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ । यो यस साताभित्र गरिएको तेस्रो चरणको सैन्य कारबाही हो । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार आक्रमणमा इरानका मिसाइल तथा ड्रोन अड्डा, नौसैनिक क्षमता, गोलाबारुद भण्डारण केन्द्र, सञ्चार सञ्जाल तथा तटीय निगरानी स्थलहरूलाई निशाना बनाइएको थियो ।

    सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा यस साताको तीन रातसम्म सञ्चालन गरिएका आक्रमणमा ३०० भन्दा बढी लक्ष्य ध्वस्त पारिएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपतिको निर्देशनमा इरानको व्यापारिक जहाज र नागरिक जलयात्रामाथि आक्रमण गर्ने क्षमता कमजोर पार्ने उद्देश्यले कारबाही गरिएको बताइएको छ ।

    images

    यसअघि सेन्टकमले स्टे«ट अफ होर्मुज हुँदै गुडिरहेको एक कन्टेनर जहाजमाथि भएको घटनापछि पछिल्लो आक्रमण गरिएको बताएको थियो । उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले भने अनधिकृत मार्ग प्रयोग गरेर हर्मुज जलडमरूमध्य पार गर्न खोजेको जहाजलाई चेतावनीस्वरूप गोली प्रहार गरिएको दाबी गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार