Nov 03 2026 | २०८३ कार्तिक १८ गते

रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु : माइती पक्षद्वारा हत्याको आरोप

रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु : माइती पक्षद्वारा हत्याको आरोप

आइतवार, आषाढ २८ २०८३
  • काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिलाको शङ्कास्पद मृत्यु भएपछि घटनालाई लिएर हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान सुरु भएको छ।

    प्रहरीका अनुसार कटहरिया नगरपालिका–३ बरेडवा निवासी निरज कुमार साह सोनारकी करिब २० वर्षीया श्रीमती निशा कुमारी साह सोनार आफ्नै सुत्ने कोठामा साडीको पासो लगाई घरको बाँसको कोरोमा झुन्डिएको अवस्थामा शनिवार फेला परेकी हुन्।

    images

    घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरियाका सई लालबाबु सहनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर प्रमोद खड्काको नेतृत्वमा  टोली खटिएर घटनास्थलको मुचुल्का उठाएको प्रहरीले जनाएको छ।

    प्रहरीले दिउँसो कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ।

    यता मृतकका बुबा ईशनाथ नगरपालिका–जटहरा गाउँ निवासी रबिन्द्र साह सोनारले आफ्नी छोरीको हत्या गरिएको आरोप लगाएका छन्। उनले ज्वाइँ निरज साह सोनार र उनका परिवारका सदस्यले घटनालाई आत्महत्याजस्तो देखाउन शव झुन्ड्याएको दाबी गरेका छन्। घटनापछि मृतकका श्रीमान घर छाडेर फरार रहेको पनि उनको आरोप छ।

    मृतकका बुबा रबिन्द्र साहका अनुसार गत फागुन महिनामा छोरीको विवाह भएको थियो। विवाह भएदेखिनै ज्वाइँ ले कहिले एसी, कहिले दाईजोको रुपैयाँ लगायत माग गर्दै दैनिकजसो छोरीलाई मानसिक यातना दिनुका साथै कुटपिट समेत गर्दै आएको  बताएका छन्।

    घटनापछि स्थानीयवासी तथा मृतकका आफन्तले निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमले घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानपछि मात्रै खुल्ने बताएका छन्।उनले हाल कसैलाई दोषी ठहर गर्न नमिल्ने भन्दै सबै पक्षबाट प्रमाण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार