Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी

उनलाई २ लाख ९० हजार रूपैयाँ लिई दुबई पुर्‍याए.......

उनलाई २ लाख ९० हजार रूपैयाँ लिई दुबई पुर्‍याए.......

मंगलवार, आषाढ ११ २०८१
  • वैदेशिक रोजगारीको बहानामा दुबई पुर्‍याई एकजना महिलालाई बेचेको तथ्य खुलेको छ । पीडितले दिएको उजुरीको आधारमा ललितपुर महानगरपालिका-८ बस्दै आएका ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले गौशालाबाट पक्राउ गरेर हिरासतमा लिएको हो ।

    वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा ७ वर्ष जेल बसेर छुटेलगत्तै महर्जनले अर्की महिलालाई दुबईमा बेचिदिएका रहेछन् । अनुसन्धानका क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाइदिने भनेर बेचिदिएका थिए । उनले २ लाख ९० हजार रूपैयाँ लिई २०८० फागुन ७ गते दुबईमा पुर्‍याएका थिए ।

    images

    त्यहाँ उनलाई घरेलु कामदार पठाउने एजेन्टको कार्यलयमा लगी बेचेका थिए । त्यसपछि ती एजेन्टले एउटा घरमा बेचिदिएपछि शारीरिक तथा मानसिक यातना दिई बिनापारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा खटाएको अनुसन्धानबाट खुलेको छ ।

    दुबईमा बेचिएकी पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सम्बन्धित निकायको समन्वय र सहकार्यमा दुवईबाट गत चैत १९ गते नै उद्धार गरिसकेको छ । महर्जनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार